सुजीतकुमार झा
जनकपुरधाम, १६ फागुन ।
मैथिली भाषा, साहित्य कला संस्कृतिको उत्थानका लागि मैथिली प्रतिष्ठान गठन गर्न सरकारसंग मांग गरिएको छ । स्थानीय तहले भाषा, साहित्य, कला संस्कृतिको विकासमा देखाएको उदासिनताको विद्वान बक्ताहरुले आलोचना गरेका छन ।
मासिक कविगोष्ठीको वार्षिकोत्सव जनकपुरधाममा विशेष कार्यक्रम बीच सम्पन्न भएको छ । मैथिली साहित्य समाजÞद्वारा प्रत्येक महिनाको बीचको शनिवार गत सातवर्षदेखि कवि गोष्ठी जनकपुरधाममा हुदै आएको छ ।
सो समारोहमा बक्ताहरुले मैथिली प्रतिष्ठानका लागि दबाब मनाउन मैथिली संघसंस्थालाई आग्रह गरेका छन ।
जिल्ला समन्वय समितिका उपसभापति दीपक झाले प्रमुख अतिथिको आसनबाट बोल्दै अधिकारका लागि आफै अगाडी बढनुपर्छ उल्लेख गरेका छन । नेपालमा दोस्रो सबैभन्दा बढी बोल्ने भाषा मैथिली हुँदा पनि मैथिलीलाई जहिलेपनि नजरअन्दाज गरिने गरिएको उनले आरोप लगाए ।
पूर्व मन्त्री यदूबंश झाले मैथिलीको विकासका लागि जनचेतना र दबाब एकसंगै बढाउनु पर्ने आवश्यक्ता माथि जोड दिएका छन ।
मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालले मत मैथिली भाषीसंग लिने तर भाषा, साहित्यको विकासका लागि तीनवटै सरकार उदासिन रहेको चर्चा गरेका छन ।
पूर्व सिडियो जिबछ मिश्रले मैथिली साहित्यको विकासमा मासिक गोष्ठीहरु प्रभावकारी कार्य गरिरहेको चर्चा गरेका छन ।
मैथिली साहित्य समाजका अध्यक्ष काशिकान्त झाको अध्यक्षतामा भएको सो समारोहमा पूर्व कर्मचारी काशिकान्त झा, हृदयकान्त झा, अयोध्यानाथ चौधरी लगायतले बोलेका थिए ।
समारोहमा कविता बाचन पनि गरिएको थियो । बाचन गर्ने कविहरुमा डा. रेवतीरमण लाल, हृदयकान्त झा, अशोक दत्त, रामचन्द्र झा रमण, दिगम्भर झा दिनमणि, देवीकान्त मिश्र, शुभचन्द्र झा, विन्दू ठाकुर, पूनम झा मैथिली, मोती झा, डा. गायत्री झा, कशिकान्त झा रसिक
अयोध्यानाथ चौधरी,सुनैना ठाकुर, अमरकान्त अमर, किरण झा, प्रभु मिश्र, मनोज झा मुक्ति, बैद्यनाथ पासवान, अजय मण्डल, विजय यादव, अमरेन्द्र ठाकुर, राजेश महतो, फुलेन्द्रलाल कर्ण, चन्द्रशेखर राय चमन लगायतका रहेका थिए ।