सुजीतकुमार झा
जनकपुरधाम
मैथिली भाषा, साहित्य, कला र सांस्कृति विकासका लागि प्रागिक संस्थाको रुपमा कार्य गरिरहेका जनकपुरधामको मैथिली बिकास कोषको भवन प्रदेश २ सरकारले बनाउने निर्णय गरेको छ । ५ करोड लागतमा निमार्ण हुने तीनतले सो भवनमा मिथिला चित्रकलाको संग्रहालय, प्रशिक्षण केन्द्र, पुस्तकालय, साहित्यिक बैठक गर्न हलका साथै नाटक एवं सांस्कृतिक कार्यक्रम गर्न ठूलो हलपनि बनाइने छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले दूई वर्षमा सो भवनको निर्माण कार्य पूरा हुने बताए ।
आधुनिक सुविधा सम्पन्न भवनको जनकपुरधाम उपमहानगरपालिका–८ मा शिलान्यास गरिएको छ । ३ कटठा जग्गामा निमांण भइरहेको सो भवनको प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शिलान्यास गरेका छन् । कोषलाई भवन निर्माणका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयले तत्काल ३० लाख रूपैयाँ सहयोग गरेको छ । अर्को आर्थिक वर्षमा थप बजेट दिने उनले बताए । भाषा, साहित्य, कला सांस्कृतिको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको मन्त्रीले वताए ।
जनकपुरधाम–८ स्थित सीताकुण्डको जग्गामा शिलान्यास गरेको हो ।
शिलान्यास कार्यक्रममा नेकपा प्रदेश २ को संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादव, जसपाका प्रमुख सचेतक परमेश्वर साह, कोषका संस्थापक अध्यक्ष एवं बरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमललगायत समाजका विभिन्न विशिष्ठ व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।
कोषले जनकपुरधाममा लिटरेचर फेस्टिवल, आन्तराष्ट्रिय नाटक महोत्सव गर्नुका साथै पुस्तक प्रकाशन, पुरस्कार वितरण गर्दे आएको छ । साहित्यिक गतिविधि बढाउन मासिक कथा गोष्ठी, कवि गोष्ठी शुरु गरेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update