अर्थतन्त्रलाई चलायमान बनाउन कलेक्टिभ प्याकेजमा हामी जान्छौंः गभर्नर महाप्रसाद अधिकारी

Byajit@student-partners.com

१२ जेष्ठ २०७७, सोमबार ००:०० १२ जेष्ठ २०७७, सोमबार ००:०० १२ जेष्ठ २०७७, सोमबार ००:००

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि देशभर लकडाउन लागू गरिएपछि अर्थतन्त्रमा ठूलो असर परेको छ । नेपालमा लकडाउनले पर्यटन, कृषि, औद्योगिक उत्पादन, वैदेशिक रोजगार लगायतका क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ ।

बैंकिङ क्षेत्र पनि लकडाउनका कारण प्रभावित भएको छ । तर पनि समग्र व्यवसायिक क्षेत्रलाई माथि उकास्न बैंक तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा नियामक निकाय नेपाल राष्ट्र बैंकको नीति र निर्देशनहरु महत्वपूर्ण हुन्छन् । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग गरिएको अन्तरवार्ता प्रस्तुत गरेका छौं ।
अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेला तपाई गभर्नर बन्नुभएको छ । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरिएपछि अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ । अहिले केही प्रारम्भिक आकडा भन्न सकिने अवस्था छ ?

हाम्रो अध्ययनको अन्तिम नतिजा आइसकेको छैन् । प्रारम्भिक रिपोर्टहरु छलफलमा छ । प्रोसेसिङ भइराखेको छ । केही इन्डीकेसनहरु त छन् । हामीले बाहिर अनुमान गरिएजस्तै धेरै कुराहरु जस्तो पर्यटन क्षेत्र अत्यन्तै प्रभावित छ र त्यसको असर पनि अलि लामै हुने देखिएको छ । त्यसैगरी निर्माण क्षेत्र, हवाई उड्डयन, यातायात लगायतका अरु क्षेत्रहरुपनि प्रभावित छन् । त्यसमा पनि अव अध्ययन प्रतिवेदन आइसकेपछि अझै विस्तृतमा हामीलाई थाहा हुनेछ । समग्रमा त लकडाउन भइसकेपछि स्वभाविकैले कोरोनाको असर अर्थतन्त्रमा पर्ने नै भयो । यसलाई हामीले होसियारी पूर्वक सजकताका साथ यो चुनौतिलाई चिर्नु छ ।

अहिले पर्यटनको मुख्य सिजन पनि कोरोनाबाट गुज्रिएको छ । अर्को रेमिट्यान्स, कृषि, लगायत उत्पादन मुलक उद्योगहरुमा पनि असर परेको छ । यी क्षेत्रहरुमा सबैभन्दा बढी र कम असर पर्ने क्षेत्रलाई क्रमबद्ध गर्न सकिन्छ ?

यहाँले जसरी भन्नुभएको छ सिलसिला झण्डै त्यस्तै छ । पर्यटन सबैभन्दा हिट भएको त्यसमा पनि अहिले नै नभइकन रिकभर हुनलाई निकै समय लाग्ने स्थिति देखिन्छ । त्यस पछाडिको मुख्य कारण के हो भने अव पर्यटकहरु यो कोरोनाको खास औषधि अथवा भ्याक्सिन बाहिर नआउन्जेलसम्म अन्तर्राष्ट्रिय उडानहरु आउन सक्ने जान सक्ने सम्भावना निकै कम छ । भने सँगसँगै जोसुकै पब्लिक पर्यटकलाई घुम्ने आत्मविश्वास बन्नलाई त्यतिकै समय लाग्छ । त्यसले गर्दा हामी पर्यटनलाई उकास्न प्रसस्त समय चाहिने अनुमान पनि गरेका छौं । त्यसैगरी नेपाकलको समग्र अर्थतन्त्रमा बाहिर श्रम बजारमा खटिराख्नु भएका साथिभाइहरुको ठूलो योगदान रहँदै आएको छ । त्यसमा पनि सिग्नीफिकेन्ट कमि आउने छ रेमिट्यान्समा जसको असर स्वरुप हामीलाई कस्तो खालको दबाब पर्ने छ भने रेमिट्यान्स हाम्रो मार्केटलाई वित्तीय क्षेत्रलाई महत्वपूर्ण तरलताको स्रोत पनि थियो ।

हिजोको दिनमा भने हाम्रो वैदेशिक मुद्राको रिजर्भ कायम गर्ने सन्दर्भमा पनि त्यसको ठूलो योगदान थियो । अब यो दुईवटै चाप हामीलाई पर्ने छ । भन्नुको अर्थ एकतिर वित्तीय क्षेत्र तरलताको ब्यालेन्स गर्नलाई तरलता पर्याप्त पु¥याउनलाई, अर्कोचाहिं हाम्रो वैदेशिक मुद्रा हामीलाई चाहिने हार्ड करेन्सीको जुन पोजिसन हो जहिले पनि चाहिने केही न केही इम्पोर्ट बील रहिनै हाल्छ, क्यापिटल गुड्सहरु ल्याउन पर्छ । त्यसको लागि आवश्यक रिजर्भ कायम राख्नलाई पनि हामीलाई चुनौति छ । यो कुरालाई हामी एकदम नजिकबाट हेरीराखेका छौं ।

बाह्य क्षेत्रको स्थिरता कायम गर्ने सन्दर्भमा त्यसैगरी वित्तीय क्षेत्रको स्थिरता कायम गर्ने सिलसिलामा तरलता लगायतको कुरालाई त्यसलाई के ले विस्थापन गर्न सक्छ कहिँ कतै हाम्रा आनिबानि नै परिवर्तन गर्नुपर्ने हुन्छ की जस्तो कुराहरु आउन सक्छन् । त्यसलाई हामी क्लोजली हेर्दै छौं, असर पनि छ । अब यहाँले भन्नुभएजस्तो कृषि लगायतका क्षेत्रमा पनि असर छ । तर प्राइमरी कृषिमा कमै असर पर्छ । कृषिको अहिलेको असर भनेको चेन टुटेको खासगरी इकोसिस्टम टुटेको कारणले उत्पादित वस्तुलाई डेलिभरी गर्न नसकेको, उपभोक्ता सम्म पु¥याउन नसकेको अवस्था हो । तर कृषि उत्पादनमा चाहिं यसले धेरै ठूलो असर नपर्ला जस्तो लाग्छ ।

अब वित्त बजार र उपभोक्ता बजारको कुरा गरौं । अभावसँगसँगै माग पुरा नहुँदा मूल्यवृद्धि हुन्छ नै । त्यसमा पनि वित्त बजार सेवा प्रवाहसँग जोडिएको छ । मूल्यवृद्धि भएसँगै व्यक्तिको, परिवारको, समुहको, समुदायको मौद्रीक सञ्चिति घट्दै जान सक्छ । यसबाट बैंकिङ कारोबारमा दबाब पर्ने सम्भावना छ भने उपभोक्ता बजार पनि महँगो पर्न जान्छ । यसलाई राष्ट्र बैंकले कसरी हेरीराखेको छ ।

धेरैजसो अर्थतन्त्रका क्षेत्रहरुमा कुनै न कुनै किसिमको दबाब पर्छ । यहाँले उठाउनुभएको अहिलेको मूल्यस्थिति सम्बन्धी प्रश्न हो । त्यहाँपनि मागले निरन्तरता पउने तर उत्पादन सोचे अनुसार नहुने र आपूर्ति स्थीर हुने हुँदाखेरी स्वभावैले यसमा दबाब पर्छ ।

अब यो मूल्यलाई एउटा स्टेजमा राख्न नियन्त्रणमा राख्नलाई राष्ट्र बैंकसँगका आफ्ना केही सिमित उपकरणहरु, औजारहरु छन नभएका होइनन् । तर ती प्रयाप्त हुँदैनन जुनसुकै अवस्थामा त्यसले गर्दा हामीले बेसीभन्दा बेसी यसमा जोड दिनुपर्ने कुरा उत्पादनलाई जसले गर्दा आपूर्तिलाई निरन्तरता दिने र सँगसँगै अरु किसिमका विक्रीतिजन्य कुराहरु पनि छन यो मूल्यसँग गासिएकोमा ति कुराहरुलाई निराकरण गर्ने न्यूनिकरण गर्नेतिर हामी लाग्नुपर्छ ।

अब अर्थतन्त्रलाई पुनर्जीवन कसरी दिने ?

यो पनि पढ्नु होस्

corona

corona update