सुजीतकुमार झा
जनकपुरधाम, ९ फागुन ।
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा अहिराज जनकपुरधाम आउने वितिकै जनतासंग भेटघाट कार्यक्रम शुरु गरेका छन । गंगासागरमा प्रत्येक साँझ हुने गंगा आरतीस्थलमा सहभागि सबैलाई भेटदै प्रसादी वितरण गरेका छन । पूजास्थलमा पुगेका सबैसंग भलाकुसारीपनि गर्नु भएको छ ।
करीब २ सय जनता संग भेटेपछि दूधमतीसंग कुरा गर्दै डा. अहिराजले भने प्रदेश प्रमुख जनताका लागि हो जनतासंग टाढा बस्न सक्दैन । म जहाँ जान्छु जनता नजिक जान्छौ नै उनले बताए
गंगासागरमा संगीतप्रधान गंगा आरती हुने गर्छन त्यो पूजामा पनि सरिक हुनुभयो ।
नेकपा ओली समर्थित राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष संजीब झा सुरजले जनता यस्तै प्रमुदको चाहना राखेकाले पनि नेपाल सरकार डा. अरिाजलाई प्रदेश प्रमुख बनाएको र उहाँ पहिलोदिन देखि नै कार्य शुरु गर्नु भएको छ ।
गंगासागरमा जम्मा भएका सबैले प्रदेश प्रमुखको कार्यको स्वागत गरेका छन । जनताको समस्या सबैले बुझनुपर्छ स्थानीय योगेन्द्र यादवले वताए ।
उहाँको हातबाट प्रसादी खानु आश्चर्य जस्तै लागि रहेको छ उनले वताए । आजभोली जनकपुर आउने जो कोही पनि जानकी मन्दिर, राम मन्दिर दर्शन पछि गंगा आरतीमै सहभागि हुने गर्छन । संगीतमय सो आरती हेर्न प्रत्येक साँझ जनकपुरको ऐतिहासिक गंगासागरमा भीड लागेको हुन्छ । गत ६ बर्षदेखि हुँदै आएको गंगा आरती जनकपुरको पर्यटकको प्रमुख आकर्षण बनेको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष राजकुमार महासेठले बताए । सेभ हिस्टोरिकलले गंगा आरती सञ्चालन गर्दै आएको छ ।
आरतीका लागि गंगा सागरको किनारामा ३वटा मण्डप बनाइएको छ । तीनवटा पण्डित एकैसाथ गीत संगीतकै धूनमा आरती गर्ने गरेको देखिन्छ । गंगासागरमा आरती शुरु हुनुभन्दा एकघण्टा पहिला देखि नै स्थानीयवासीका साथै पर्यटकहरुको भीड लाग्न थाल्छ । साँझ ७ बजेदेखि राति ८ बजे सम्म गंगासागरको चारै तीर श्रद्धालुहरु जम्मा भएर आरतीको आनन्द लिने गर्छन ।
जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा गइपनि पूजापाठ गरेका छन । त्यहाँपनि जनतासंग भेटेका छन ।

शिरमा देश र मनमा मधेश राखेर काम गर्ने अठोट
प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शिरमा देश र मनमा मधेश राखेर काम गर्ने अठोट व्यक्त गरेका छन्।
जन्मभूमिमा प्रदेश २ को प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेकोले शिरमा देश र मन मधेश रही रहने उनले बताए।


आइतबार पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ। प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ।’
उनले प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यक्ता रहेको बताए। देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाइ छ।
उनले भने, ‘देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ मा काम गर्ने सौभाग्य पाएको छु।
विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउने कार्यमा बल पुर्याउने छु, आन्तरिक विभेद, असुरक्षा, कुनैपनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई हामी सबै मिलेर समाधान गर्दै जानुपर्छ।’

प्रदेश प्रमुखलाई मुख्यमन्त्री राउतले स्वागत गरेनन
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई जनकपुरधामस्थित विमानस्थलमा भव्य स्वागत गरिएको छ।
४ बजेर ४५ मिनेटमा जनकपुरधाम विमानस्थल आइपुगेका प्रदेश प्रमुख झालाई १०१ किलोको माला लगाएर स्वागत गरिएको हो।
प्रदेश प्रमुखलाई स्वागत गर्न मुख्यमन्त्री लालबाबु राउत भने आएनन्। उनलाई प्रदेश २ को आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुश्वाहाले स्वागत गरेका थिए।


यसअघि रत्नेश्वर लाल कायस्थलाई प्रदेश प्रमुखबाट हटाएर तिलक परियारलाई प्रदेश प्रमुख नियुक्त गर्दा मुख्यमन्त्री स्वयम् स्वागत गर्न पुगेका थिए।
परियार शान्त स्वभावको भएको र कुनै हस्तक्षेप नगरिरहेकाले उनलाई हटाएर राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएकोमा प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु असन्तुष्ट देखिएका थिए। सोही कारण स्वागतका लागि नपुगेको हुनसक्ने अनुमान गरिएको छ।
झालाई स्वागत गर्न नेकपाको ओली समूहका युवाहरू मोटरसाइकल जुलुशसहित विमानस्थल पुगेका थिए। उनलाई स्वागतका लागि नेकपाको भ्रातृ संगठन युवा संघको केन्द्रीय उपाध्यक्ष सञ्जीव कुमार झा सुरजले १०१ किलोको माला लगाएर स्वागत गरे।
विमानस्थल पुगेका ती युवाहरुले केपी ओली जिन्दावादको नारासमेत लगाएका थिए।

यो पनि पढ्नु होस्

corona

corona update