प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

Byदूधमती साप्ताहिक

७ फाल्गुन २०७७, शुक्रबार १०:३४ ७ फाल्गुन २०७७, शुक्रबार १०:३४ ७ फाल्गुन २०७७, शुक्रबार १०:३४

दूधमती समाचारदाता
जनकपुरधाम, ७ फागुन ।
प्रदेश २ का प्रदेश प्रमुखमा रौतहटका राजेश अहिराज भनिने राजेश झा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्।
त्रिभुवन विश्वविद्यालयबाट ‘मधेस आन्दोलन एवं मधेसवाद’ विषयमा विद्यावारिधि गरेका झा अधिवक्ता पनि हुन्। झा मधेसवाणीका सम्पादक हुन्।

यो पनि पढ्नु होस्

corona

corona update