रौतहट । आइतबार साँझ आएको हावाहुुरीबाट रौतहटमा दर्जनौ घरमा क्षति पुगेको छ ।
हावाले फतुवा बिजयपुर नगरक्षेत्र अन्तरगत दुईदर्जन बढी घरका छाना उडाएको छ । त्यसैगरी सन्तपुर दोस्तिया गाउँमा झण्डै एकदर्जन घरको छाना उडाएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।
त्यसबाहेक मौलापुर,बौधीमाई,गुजरा,देवाही गोनाहीमा पनी दर्जनौ घरको छाना उडाउनुका साथै र दर्जनौ रुख ढलेर लाखौं बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।
हावाहुरीले मौलापुर,बाधीमाई,देवाहीगोनाही फतुवा बिजयपुर र कटहरियाका बिद्युतको पोल ढलेको नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ति साहले बताए ।
देवाही गोनाही र फतुवा बिजयपुर नगरक्षेत्र अन्तरगत धेरै बिद्युत पोल ढलेकाले मर्मत गर्न एक दुईदिन लाग्ने प्राधिकरण शाखाले जनाएको छ ।