सुजीतकुमार झा
जनकपुरधाम
प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सरकारको उपलब्धि सुनाएका छन् । मुख्यमन्त्री राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको दाबी गरे।
बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा मुख्यमन्त्री राउतले जनाएका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको ३ वर्षको उपलब्धि सुनाइरहँदा संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको अभिव्यक्ति दिन पनि बिर्सेनन्। यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बावजुद सुशासन स्थापित गर्न कटिवद्ध रहेको प्रतिबद्धता व्यक्त गरे।
प्रदेशका ८ वटै जिल्लामा १९२ वटा पर्यटकीय संरचनाहरुको निर्माण, मर्मत तथा संरक्षण भइ पर्यटकहरुलाई सहज सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
छोरीलाई विद्यालय पठाई उनीहरुको वैयक्तिक विकासको अतिरिक्त शसक्तिकरणको माध्यमबाट विभेदमुक्त समाजको निर्माण र समाज रुपान्तरणको लागि प्रदेश सरकारले महिला सशक्तिकरण तथा सामाजिक सुधारका लागि ूबेटी पढाउ, बेटी बचाउ अभियानू सञ्चाकलन गर्दै आएको छ । प्रदेश २ मा जन्मिएका छोरीहरुको सुरक्षा, शिक्षा र सशक्तिकरणका लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। यस कार्यक्रम अन्तर्गत हाल सम्म छ हजार नौ सय छ ९६,९०६० जना छोरीहरुलाई बीस वर्ष पछि रु तीन लाख पाउने गरी छोरी बीमारमुद्दति खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको छ । हाल सम्म छब्बीस हजार नौ सय छपन्न ९२६,९५६० जना छोरीहरुको तथ्याङ्क संकलन गरिएको छ ।
छोरीलाई विद्यालयमा पहुंच पुर्यााउन र प्रोत्साहित गर्ने उद्देश्यले २४१ ओटा सामुदायिक विद्यालयमा १४ हजार साईकल वितरण गरिएको छ। सोही कार्यक्रम अन्तर्गत थप २० हजार साईकल वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गरी क्भ्भ् परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्न सफल ८ वटै जिल्लाका उत्कृष्ट २८ जना छात्राहरुलाई जनही प्रथम, द्बितीय र तृतीयलाई क्रमशस्रु २५ हजार, रु २० हजार र १५ हजार रकम प्रदान गरिएको छ ।
छोरीहरुको सशक्तिकरण तथा निजामती सेवामा पहुँच बढाउने उद्देश्यले निशुल्क लोक सेवा तयारी कक्षा संचालन गरिएको छ । यसबाटप्रदेशका १०५ जना महिला लाभान्वित भएका छन् ।
प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालयको अभावको समस्या समाधान गर्न तथा विद्यालयमा छात्राहरुको पढाइलाई निरन्तरता बढाउने उद्देश्यले १०० वटा सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माण कार्य गरिएको छ।परिणाम स्वरुप पठनपाठनमा छात्राहरुको उपस्थितीमा सुधार आएको छ।
ूमुख्यमन्त्री स्वच्छता अभियानू अन्तर्गतधार्मिक पर्यटनलाई बढावा दिन प्रदेश स्थित विभिन्न समुदायमा गौरवको रुपमा रहेको जानकी मन्दिर,रौजा मजार,छिन्नमस्ता भगवती,सहलेश स्थान,पारशनाथ, भिसवा बौद्ध गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडिबढाइएको छ ।यस अभियान अन्तर्गत २७ वटा पोखरी एवम् सार्वजनिकर पर्यटकीयर धार्मिक स्थलहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य सुरु भएको छ ।साथै प्रदेश स्थित ८ वटै जिल्लाका सेवा प्रवाह गर्ने सरकारी कार्यालय ९मालपोत, नापी, अदालत आदि०, र अन्य सार्वजनिक स्थलहरुमा ६० वटा सार्वजनिक शौचालय निर्माण, जनकपुरका उत्तरी भेग एवम् सिराहा जिल्लामा २० वटा ईनार निर्माण,१०० वटा सामुदायिक विद्यालयहरुलगायत अन्य सार्वजनिक स्थलहरुमा खानेपानी सुविधा पुर्यााउन १५० वटा ह्यान्ड पम्प जडान गरिएको छ।
मधेश आन्दोलनका शहिद परिवारलाई ूएक शहिद परिवार, एक रोजगार योजना अन्तर्गत २७ जना शहिद परिवारलाई रोजगार उपलब्ध गराईएको छ । प्रदेशको सेवा प्रवाहलाई विधिसम्मत, सेवाग्राहीमैत्री बनाउन आवश्यक कानून निर्माणको कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ । हाल सम्म माननीय प्रदेश प्रमुखज्यूबाट ३९ वटाविधेयक प्रमाणित भई कार्यान्वयनमा आएकोछ । साथै २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहेका छन्।यसबाट प्रदेश सरकारलाई कार्यसञ्चालन गर्न मार्ग प्रशस्त हुनुका साथै संविधान प्रदत्त अधिकारको प्रयोग तथा परिपालनामा सघाउ पुगेको छ । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म सेवा प्रवाह तथा विकास गतिविधि सञ्चालन गर्न १ खर्ब ७ अर्ब बजेट व्यवस्था गरिएको छ । प्रदेश सरकार तथा स्थानीय तहबीच सहकार्य समन्वय तथा साझेदारीको भावना अभिबृद्दि गर्न प्रदेश भित्रका १३६ स्थानीय तहहरुलाई यस अवधिमा वित्तीय हस्तानतरण मार्फत ४ अर्ब ७७ करोड समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान तथा राजश्व बाँडफाँडबाट उपलब्ध गराइएको छ । २६ वटा धर्मशाला निर्माण,९वटा दलित छात्रावास को निर्माण,८ वटा जेष्ठ नागरिक आवास निर्माण,जनता आवास तर्फ ४६५९ वटा घर निर्माणको समझौता भएकोमा हालसम्म २१०१ वटा घर निर्माण भई हस्तान्तरण भईसकेको, अवस्था छ । बाँकी२५५८ घर निर्माणधीन अवस्थामा रहेकोछ ।
ऐतिहासिक तथा पर्यटकीय स्थल बाराको गढीमाईमातिर्थालु तथा पर्यटकलाई लक्षित गरी सुरु गरिएको धर्मशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update