सुजीतकुमार झा
जनकपुरधाम, १ फागुन ।
मैथिल ब्राह्मण महासभाको संगठन विस्तार कार्य विभिन्न स्थानमा भइरहेको छ । कतै कमिटी गठन कतै कार्यालय स्थापनाका कार्यहरु भइरहेको छ । यसैक्रममा महासभाको धनुषाको नगराइन नगर समितिको आज एक समारोहका बीच कार्यालय स्गापना गरिएको छ ।
गंगुलीमा स्थापना गरिएको सो कार्यालयको उदघाटन मैथिल ब्राह्मण महासभाकाका केन्द्रिय अध्यक्ष भगवान झाले गरेका छन । सो अवसरमा बोल्दै उनले भने मैथिल ब्राह्मण रहेका हरेक स्थानमा संगठन निर्माण गरिने छ ।
ब्राह्मणको उत्थानका लागि संगठन आवश्यक रहेको चर्चा समेत उनले गरेका छन ।

यो पनि पढ्नु होस्

corona

corona update