इस्लाम धर्मावलम्बीहरु आज ईद–उल–फित्र मनाउँदै

Byajit@student-partners.com

१२ जेष्ठ २०७७, सोमबार ००:०० १२ जेष्ठ २०७७, सोमबार ००:०० १२ जेष्ठ २०७७, सोमबार ००:००

काठमाडौं । रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाउँदै छन् ।  अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन् । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ । ईदमा विशेष नमाज आदा गरिसकेपछि आफुभन्दा ठूलाबडाबाट आर्शिर्वाद लिने र आफुभन्दा सानालाई आर्शिवाद दिने गरिन्छ ।

यो पनि पढ्नु होस्

corona

corona update