जनकपुर ।महोत्तरीको एक क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परीक्षण गर्दा ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
ढिला गरी निर्माण भईरहेको कोरोना विशेष अस्पतालमा संक्रमित आएपछि अस्पतालमा कार्यरत्त चिकित्सकहरु समेत त्रसित बनेका छन् ।