Home / समाचार / राष्ट्रपति विद्या देवी भण्डारीद्वारा जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा अर्चना

राष्ट्रपति विद्या देवी भण्डारीद्वारा जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा अर्चना

सुजीतकुमार झा
जनकपुरधाम
राष्ट्रपति विद्या देवी भण्डारीले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका छन । जानकी जन्मोत्सवको अवसरमा जानकी मन्दिर पुगेका राष्ट्रपतिलाई मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले पूजा गराएका थिए ।

राष्ट्रपति भण्डारीले मन्दिरको परिक्रमा समेत गरेका छन । सोक्रममा जनक सुनयना, २४ घण्टे रामनाम जाप मन्दिर लगायतका मन्दिरमा पनि पूजा गरेका थिए ।

मन्दिरमा आउँदा प्रदेश २ का प्रमुख रत्नेश्वरलाल क्यास्थ र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।

यसैबीच पूजा कार्यक्रम सकेपछि जानकी मन्दिरको प्रागंणमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले धार्मिक पर्यटनको केन्द्र जनकपुरधाम रहेकाले जानकी मन्दिरलाई केन्द्र बनाएर विकास गर्नुपर्ने आवश्यक्त रहेको बताए । उहाँले जानकी माता को कारण संसारमा नेपालको पहिचान भएको बताए ।

प्रदेश २ मा चलिरहेको बेटी पढाउ, बेटी बचाउ अभियानको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले महिला श्क्षिालाई प्राथमिकतामा राखेर देशभरी कार्य गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गरेका छन ।

मैथिली भाषा कला संस्कृतिको सम्बद्र्धनमा प्रदेश सरकारले काम गर्नुपर्ने बताए । उहाँले मैथिलीका महाकवि विद्यापति र ज्योतिश्वर ठाकुरको साहित्यक योगदानको समेत चर्चा गर्नुभयो । हाम्रो मुलुक विश्वमै प्राकृतिक श्रोत साधनले धनी भएपनि विकासको क्रममा पछाडि परेका छौ, उपलब्ध प्राकृतिक श्रोतसाधनलाई सही सदुपयोग गरेर अघि बढयौ भने मुलुकको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गरिन् ।

उहाँले मुलुकको उर्वरभूमिको रुपमा रहेको तराईको कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व आएको कमीप्रति दुख व्यक्त गर्दै यस पक्षलाई आत्मसात गरी चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन दिगो विकासको अवधारणा सहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी यस उर्वर भूमिको प्रचुर उपयोग गर्न आग्रह गरिन् ।

विदेह राजा जनकले कृषि पर्व महायज्ञको आयोजना गर्दा दिव्यरुपी सीताको जन्म भई कृषिका लागि विश्वविख्यात भएको यो भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएको स्मरणीय छ । तर अहिले यसै भूमिमा कृषिको उत्पादन र उत्पादकत्वमा कमी आउनु दुखको कुरा रहेको भनिन् ।

साथै उहाँले राष्ट्री गौरवको रुपमा रहेको जानकी मन्दिरमा मनाइएको जानकी नवमीले मुलुकको समाजिक, सांस्कृति, समन्वय, राष्ट्रीय एकता, अखण्डतालाई थप सुदृढ तुल्याउने विश्वास समेत व्यक्त गरिन् ।

समारोहमा भौतिक योजना मन्त्री रघुविर महासेठले नेपालभरीको मठमन्दिरको संरक्षणका लागि सरकार कार्य गरिरहेको जानकारी दिएका छन ।

समारोहमा मुख्यमन्त्री लालबाबु राउत, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास लगायतले बोल्नुभएको थियो

About Sujeet Jha

Check Also

विचौलियाकै भरमा धनुषाको मालपोत कार्यालय चल्दै, अधिकृत रामबाबु मण्डलपनि कमिशनको खेलमा लिप्त

दूधमती समाचारदाता जनकपुरधाम विचौलियाको भरमा जिल्ला मालपोत कार्यालय धनुषा चलिरहेको छ । विचौलियालाई बढावा दिनुमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com