Home / समाचार / जनकपुरधामको ऐतिहासिक दूधमती नदीमा नुहाउनेहरुको विहानैदेखि भीड

जनकपुरधामको ऐतिहासिक दूधमती नदीमा नुहाउनेहरुको विहानैदेखि भीड

सुजीतकुमार झा
जनकपुरधाम, बैशाख ३० ।
जनकपुरधामको ऐतिहासिक दूधमती नदीमा नुहाउनेहरुको आज विहानैदेखि भीड लागेको छ । बैशाख शुक्ल नवमीका दिन दूधमती नदीमा नुहाउदा मनोवाँञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । अरुबेला ननहुआएपनि जानकी जन्मोत्सवका दिन नुहाएर जानकी मन्दिरमा पूज ागर्ने गरेको जनकपुरधाम ४ का सीमा देवीले बताइन । सीमासंगै दूधमतीमा नुहाउन आएकी गरिमा देवीले आज सासु, आमा, छोरा छोरी सबैलाई लिएर दूधमतीमा आएको छु । एकविहानैदेखि दूधमतीमा नुहाउनेहरुको भीड लागेको छ ।

दूधमती नदीको जानकी मातासंगको इतिहास रहेको स्थानीयवासीहरु बताउँछन । त्रेता युगमा माता जानकीलाई दूध खुवाउन स्वर्गबाट कामधेनु गाई आएका थिए । सोही गाईको दूधले दूधमती नदीको निर्माण भएको धार्मिक मान्यता रहेको छ ।

दूधमती गरिमा संरक्षण समितिका सचिव विमलेश मिश्रले जनकपुरधाममा आउने जोकोहीलेपनि यसमा नुहाउन आउने गरेको बताए । आज ठूलो संख्यामा साधुसन्त पनि नुहाउन आएका थिए । दूधमती नदीको सफाईमा पनि समितिले कार्य गर्ने गरेको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा धरतीवाट निस्कने सो पानी जनकपुरधाम हुँदै महोत्तरीसम्म जाने गरेको छ । नदीको पानी सफानभएपनि नुहाउनेहरुको दिनहुँ भीड लाग्ने गर्छन । पहिला यो नदीमा दूध जस्तो पानी आउने गरेको स्थानीयवासीहरु बताउँछन ।

दूधमी नदीको संरक्षणका लागि शहरी विकास मन्त्रालयले यसपाली बजेट दिने आश्वास दिएको छ भने प्रदेश २ को सरकारलेपनि बजेट दिएको छ ।

About Sujeet Jha

Check Also

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १२ । दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com