Home / समाचार / विचौलियाकै भरमा धनुषाको मालपोत कार्यालय चल्दै, अधिकृत रामबाबु मण्डलपनि कमिशनको खेलमा लिप्त

विचौलियाकै भरमा धनुषाको मालपोत कार्यालय चल्दै, अधिकृत रामबाबु मण्डलपनि कमिशनको खेलमा लिप्त

दूधमती समाचारदाता
जनकपुरधाम
विचौलियाको भरमा जिल्ला मालपोत कार्यालय धनुषा चलिरहेको छ । विचौलियालाई बढावा दिनुमा मालपोत अधिकृत रामबाबु मण्डलको ठूलो हात रहेको बताइएको छ ।
कुनै काम गराउन जाँदा कर्मचारीहरु फाइल त्यतिकै थन्काउने गरेकाले विचौलिया बिना कामै नहुने गरेको सेवाग्राहीहरु बताउँछन् । मालपोत अधिकृत मण्डल आफै विचौलिया मार्फत नै काम गराउन सल्लाह दिएको जनकपुरधाम ४का सेवाग्राही मुकेश साहले बताए ।
जिल्लाकै नामूद हाकिमको रुपमा रहेको मण्डल बिरुद्ध दैनिक जसो सिकायत आउँदा पनि कसैले कारबाही गरिरहेको छैन । नाम नछाप्ने शर्तमा मालपोतकै एकजना कर्मचारीले हाकिम साहब आफै दिनभरी ठूलो डिलमै व्यस्त रह्नु हुन्छ भने साँझतिर सबैको कमिशन लिने गर्नु हुन्छ बताए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व सदस्य राजनारायण पाठकका निकटस्थ व्यक्तिको रुपमा केही वर्ष यता पहिचान बनाएका मण्डल पाठक पदमा भएको बेला कुनै मधेशी कर्मचारी अख्तियारमा फस्दा पैसाको डिल गर्ने कार्य गर्दै आएका थिए । श्रोतका अनुसार मण्डल मार्फत पाठकले लाखौ रुपैया कमाएका छन् ।
जिल्ला प्रशासन कार्यालय सहित केही कार्यालयलाई विचौलियामुक्त बनाइएपनि मालपोतलाई कुनै निकायले धनुषामा सम्हाल्न सकिरहेको छैन । धनुषाका प्रमुख जिल्ला अधिकारी दीपकराज कणेलले आफै अनुगमन गरी मण्डललाई कार्यालयको कामकाज सुधार्न चेतावनी दिईसकेका छन् ।
प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव पनि मालपोत कार्यालय अनुगमन गरिसकेका छन् । उहाँ दूबैजना अनुगमन गरेको बेला दर्जनौ सेवाग्राहीले आफ्नो पीडा सुनाएका थिए । बिना पैसाको कुनै काम जिल्ला मालपोत कार्यालय धनुषामा नहुने गरेको उनीहरुको कथन थियो ।
मालपोत कार्यालयले लालपुर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्ता लगायतका कार्यहरु गर्ने गर्छ । कार्यालयमा बिहानदेखि राति ९ बजेसम्म भीड लाग्ने गरेको देखिएको छ

About Sujeet Jha

Check Also

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १२ । दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com