Home / समाचार / उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी, तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेकोः मुख्यमन्त्री लालबाबु राउत

उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी, तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेकोः मुख्यमन्त्री लालबाबु राउत

दूधमती समाचारदाता
जनकपुरधाम, बैशाख ३।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले आज जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उदघाटन गर्दै मुख्यमन्त्री राउतले यसको कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
उहाँले खाद्यान्नमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन ल्याउनुपर्ने धारणा राख्नुभयो ।


समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अंसारीको अध्यक्षतामा भएको उदघाटन सत्रमा उहाँले मानिसको स्वास्थ्यसित खेलवाड गर्ने छुट कसैलाई नरहेकोले विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने खालको ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो ।
विगतमा पनि उपभोक्ता संरक्षण सम्बन्धि ऐन कानुनहरु थियो, उहाँले भन्नुभयो–तर, कार्यान्वयन पक्ष दुर्वल भयो ।
ऐन कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगीमा पर्न बाध्य रहेको मुख्यमन्त्री राउतले थप्नुभयो ।
सो अवसरमा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, उपभोक्ता हित संरक्षण मंच, नेपालका अध्यक्ष ज्योती बानिया,जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह लगायतले बोल्नुभएको थियो ।

About Sujeet Jha

Check Also

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १२ । दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com