Home / बातचित / वैकल्पिक शक्ति बनाउन फोरम र नयाँ शक्ति मिलेको होः उमेश साह केन्द्रिय सदस्य नवगठित समाजवादी पार्टी, नेपाल

वैकल्पिक शक्ति बनाउन फोरम र नयाँ शक्ति मिलेको होः उमेश साह केन्द्रिय सदस्य नवगठित समाजवादी पार्टी, नेपाल

संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेपछि सो पार्टीमा रहेका अन्य नेताहरु अहिले के सोचीरहेका छन । कतिले विरोध नै गरेका छन भने धेरैले समर्थन गरी सोशित पीडितको आवाज अब बलियो ढंगले उठने बताइ रहेका छन । यससम्बन्धमा नयाँ शक्ति पार्टीको स्थापना कालदेखि सक्रिय रहेका नवगठित समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य उमेश साहसंग दूधमतीका लागि सुजीतकुमार झाले गरेको कुराकानी

प्र. संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी बिचको एकतालाई तपाईले कुन रुपमा लिई रह्नु भएको छ ?
यो एकताको आवश्यक्ता थियोे । नेपाली कांग्रेस विपक्षी दल भएर पनि दवाब बनाउन सकिरहेको थिएन । नेकपाको सरकार मनोमानी ढंगले चलिरहेको बेला वैकल्पिक शक्तिको आवश्यक्ता रहेको थियो । यो एकताले नेपालमा वैकल्पिक शक्तिको रुपमा एउटा पार्टी देखा पर्ने छ ।
प्र. उपेन्द्र यादवको पार्टी अहिलेपनि सरकारमै रहेको छ, सरकारका जति जस अपजसहरु उपेन्द्रजीले पनि लिनु पर्ने होइन ?
हो । तर यो पनि सत्य छ संघिय समाजवादी फोरम सरकारमा जाँदा एउटा शर्तका साथ गएको थियो । केही सहमतिहरु भएका थिए ती सहमति तर्फ कुनै ध्यान दिइएको छैन ।

अहिले प्रदेशमा ऐन नियम कानूनहरु बनिरहेको छ । हाम्रो प्राथमिकता नै प्रदेशलाई सिस्टममा ल्याउनु हो । त्यस कारण यता तर्फ काम भई नै रहेको छ । बढी समस्या संघिय सरकारले गरिरहेको छ । अब हामकीहरु मिलेर सरकारलाई मजगुत बनाउने तर्फ लाग्ने छु ।

प्र. उपेन्द्रजीलाई पनि पदै चाहियो नि ?
त्यस्तो छैन अब पार्टी नयाँ ढंगले अगाडी बढ्ने छ । के कस्ता सहमति भएका थिए त्यो कार्यान्वयनका लागि हामीले दवाब बनाउने छौँ । यदि त्यसले पनि कुनै प्रभाव परेन भने हामीलाई सत्ताको लोभ छैन । शोषित पीडित जनताले कसरी न्याय पाउनेछन् त्यसमा लाग्ने छु ।
प्र. यस अघि उपेन्द्र यादवको पार्टी एउटा जाती विशेषको पार्टी जस्तै लाग्थ्यो यो छविलाई कसरी तोड्नु हुन्छ ?
केन्द्रिय पदाधिकारीहरुको नामावली एकिकरणपछि सार्वजनिक भईसकेको छ । तपाई देख्न सक्नु हुन्छ हामी सबै क्षेत्र सबै वर्गका व्यक्तिलाई राखेका छौँ । हामीले देश बनाउनु पर्छ । शोषित पीडितको उत्थान गर्नु पर्छ यो उद्देश्य राखेर हामी अगाडी बढ्ने छौँ ।

हामी चाहन्छौ शोषित पीडीतका लागि आबाज उठाउनेहरु एकजुट हौउ । साना पार्टीहरुको आवाज त्यतिकै सुनिदैन । एकमञ्चबाट आवाज उठाउँदा त्यसको आबाज प्रभावकारी हुनेछ ।

प्र. प्रदेश सरकारको कामकाजसंग धेरैको असन्तुष्टि रहेको छ त्यो असन्तुष्टिलाई कसरी समाधान गर्नु हुन्छ ?
अहिले प्रदेशमा ऐन नियम कानूनहरु बनिरहेको छ । हाम्रो प्राथमिकता नै प्रदेशलाई सिस्टममा ल्याउनु हो । त्यस कारण यता तर्फ काम भई नै रहेको छ । बढी समस्या संघिय सरकारले गरिरहेको छ । अब हामकीहरु मिलेर सरकारलाई मजगुत बनाउने तर्फ लाग्ने छु ।
प्र. राष्ट्रिय जनता पार्टीसंगको एकता कार्य अगाडी बढने छ ?
हेरौ । हामी चाहन्छौ शोषित पीडीतका लागि आबाज उठाउनेहरु एकजुट हौउ । साना पार्टीहरुको आवाज त्यतिकै सुनिदैन । एकमञ्चबाट आवाज उठाउँदा त्यसको आबाज प्रभावकारी हुनेछ ।
प्र. पार्टी एकतापछि दूबै पार्टीमा असन्तुष्टि बढेको सुनिन्छ नि ?
होइन त्यस्तो छैन । केही व्यक्तिको आक्रोशित प्रतिक्रिया आएको छ । हामी कुरो गरेर मिलाउने प्रयासमा लागेको छु ।

About Sujeet Jha

Check Also

प्रदेश २क मन्त्रीसभ संगठनके नजरअन्दाज करैत छथिः संजय कुमार चौधरी, केन्द्रिय सदस्य राष्ट्रिय जनता पार्टी नेपाल

संघिय समाजवादी फोरम आ राष्ट्रिय जनता पार्टीक गठबन्धनक नेतृत्वमे रहल प्रदेश सरकारक कामकाजसँ असन्तुष्टि जनतामे …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com