Home / बातचित / यसपाली पनि जानकी नवमीमा दूधमतीमा शाही स्नान हुन्छः विमलेश मिश्र सचिव दूधमती गरिमा संरक्षण समिति, वसविट्टी

यसपाली पनि जानकी नवमीमा दूधमतीमा शाही स्नान हुन्छः विमलेश मिश्र सचिव दूधमती गरिमा संरक्षण समिति, वसविट्टी

प्र. जानकी नवमीको अवसरमा वसविट्टीस्थित दूधमती घाटमा कस्तो तयारी चलिरहेको छ ?
तीन वर्षदेखि यसलाई भव्यता दिन हामीले कार्य अगाडी बढाएका छौँ । त्यसकै निरन्तरता यसपाली पनि हुनेछ । दूधमतीमा शाही स्नान हुने छ । साधु सन्त, जानकी मन्दिरका महन्थहरु आउँछन् । त्यसको तयारी हामी शुरु गरि सकेका छौँ ।
प्र. दूधमती घाटमा के के हुन्छ ?
पहिलो दिन वसविट्टीवासी सामूहिक स्नान गर्नेछन् । साँझ गंगा आरतीको टिमद्वारा दूधमती आरती हुनेछ । त्यही दिन २४घण्टे रामनाम संकिर्तण शुरु गरिने छ । जानकी नवमीका दिन शाही स्नान, बाहिरबाट आएका सबैले स्नान गर्नेछन् ।
प्र. त्यो कार्यक्रमको तयारीका लागि कुन कुन कार्य अगाडी बढाइएको छ ?
दूधमती गरिमा संरक्षण समिति वसविट्टीले सो कार्यक्रमको आयोजना गर्छ । यसै सन्दर्भलाई लिएर हामीले एउटा बैठक पनि डाकेका थियौँ । सो बैठकमा पूरै वसविट्टीका स्थानीयवासीहरु जम्मा भएका थिए । भव्यताका साथ कार्यक्रम गर्ने सो बैठकबाट निर्णय हामीले गर्यौँ ।
प्र. दूधमतीमा प्रत्येक वर्ष पानीको अभाव हुने गरेको छ यसपाली कसरी यो समस्या समाधान गर्नु हुनेछ ?
पानीको स्थायी निकास यसपाली पनि हामीले गर्न सकेका छैनौँ । तर स्नान गर्नका लागि पानीको अभाव हुन दिन्नौँ । नदीमा पानी ल्याउने कार्य भईरहेको छ । स्थायी निकासका लागि नेपाल सरकार, प्रदेश सरकार र जनकपुरधाम उपमहानरपालिकासंग हामीले आग्रह गरेका छौँ । पटक पटक ज्ञापन पत्र पनि बुझाई सकेका छौँ । तर समस्याको निकास भने निस्कन सकेको छैन ।
प्र. पहिला यस्तो भव्यताका साथ कार्यक्रम हुँदैनथ्यो कसरी भव्यता ल्याउने योजना तपाईहरुले ल्याउनुभयो ?
स्नान गर्नेहरु वर्षोदेखि दूधमतीमा स्नानका लागि आउने गर्छन् । यो दूधमती जानकी मातासंग जोडिएको नदी हो । जानकी माताको जन्मको बेला कामधेनु गाईले मातालाई दूध खुवाउन आएका थिए उहाँकै दूधबाट यो नदीको जन्म भएको हो । यसलाई हामीले जानकी कै माताको उपमा दिने गर्छौँ । यसलाई प्रकृयामा ल्याउने कार्य मात्रै हामी गर्छौँ ।

About Sujeet Jha

Check Also

प्रदेश २क मन्त्रीसभ संगठनके नजरअन्दाज करैत छथिः संजय कुमार चौधरी, केन्द्रिय सदस्य राष्ट्रिय जनता पार्टी नेपाल

संघिय समाजवादी फोरम आ राष्ट्रिय जनता पार्टीक गठबन्धनक नेतृत्वमे रहल प्रदेश सरकारक कामकाजसँ असन्तुष्टि जनतामे …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com