Home / news / म नेपाली कांग्रेसमा लागेको भ्रममा नपर्नुसः मो. साजिद हुसैन, युवा नेता

म नेपाली कांग्रेसमा लागेको भ्रममा नपर्नुसः मो. साजिद हुसैन, युवा नेता

प्र. जय नेपालको ठाउँमा जय मधेश भन्न थाल्नु भएको छ यसको पछाडिको कारण के होला ?


जय नेपाल मैले कहिले भनिन । हामीहरु संसदको चुनावमा कांग्रेस नेता विमलेन्द्र निधिलाई जिताउने अभियानमा मात्रै लागेका थियौँ । त्यो बेला पनि सम्बोधन गर्दा जय मधेश नै भन्ने गर्थेँ । मेरो राजनीति नै मधेशबाट शुरु भएको छ । मधेशलाई छोड्न सक्दिन ।

विमलेन्द्र निधि राष्ट्रिय नेता हुनु हुन्छ त्यस कारण उहाँको कार्यक्रममा गएको थिएँ । तर नेपाली कांग्रेसमा अहिले गएको छैन ।

प्र. विमलेन्द्र निधिको चुनाव पछिको कार्यक्रममा पनि तपाईलाई देखिएको थियो ?


विमलेन्द्र निधि राष्ट्रिय नेता हुनु हुन्छ त्यस कारण उहाँको कार्यक्रममा गएको थिएँ । तर नेपाली कांग्रेसमा अहिले गएको छैन । मलाई कांग्रेसमा लागेको भ्रममा नपर्नु होला ।
प्र. अहिले तपाईलाई कुन पार्टीको समर्थक भन्दा उपयुक्त हुन्छ ?
त्यस्तो कुनै पार्टीमा म छैन । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनमा छु । त्यसको संगठन विस्तार लगायत अन्य कार्य गरिरहेको छु । चाँडै गठबन्धनमा मधेश शब्द थपिने छ र प्रदेश स्तरको संगठन बनाइने छ । यसका लागि विभिन्न सांसद, प्रदेश सांसद, स्थानीय बुद्धिजीवी, मुस्लिम नेताहरुको भेला पनि गर्दैछु । प्रदेश २का आठवटै जिल्लामा चाँडै संगठन विस्तार गरिने छ ।

हामी मधेश मुद्दालाई लिएर अगाडी बढिरहेका छौँ । संजयजीले पनि यो पार्टीमा जाउ वा नजाउ केही भन्नु हुन्न । उहाँसंग जुन बेलापनि कुरा हुँदा मधेश मुद्दालाई नछोड्न सल्लाह दिनु हुन्छ ।

प्र. संजय साहले भने अनुसारको पार्टीमा तपाई जानु हुन्छ ?

त्यस्तो केही छैन । हामी मधेश मुद्दालाई लिएर अगाडी बढिरहेका छौँ । संजयजीले पनि यो पार्टीमा जाउ वा नजाउ केही भन्नु हुन्न । उहाँसंग जुन बेलापनि कुरा हुँदा मधेश मुद्दालाई नछोड्न सल्लाह दिनु हुन्छ । फेरी हामी मधेशका लागि यति कार्य गरेका छौँ छोड्ने कुरै आउँदैन । मधेशलाई अधिकार दिलाउन हरेक संघर्षमा सक्रिय भएर सहभागी हुने छौँ ।

प्रदेश सरकारको कामकाजबाट म सन्तुष्ट छु । अहिले ऐन, विधेयक तयार पार्ने लगायतका कामहरु भई रहेको छ । यस्तो अवस्थामा प्रदेश सरकारसंग धेरै अपेक्षा राख्नु नै मुर्खता हुने छ । 

प्र. प्रदेश सरकारको कामकाजको चारैतिर आलोचना भई रहेको छ तपाई के भन्नु हुन्छ ?
प्रदेश सरकारको कामकाजबाट म सन्तुष्ट छु । अहिले ऐन, विधेयक तयार पार्ने लगायतका कामहरु भई रहेको छ । यस्तो अवस्थामा प्रदेश सरकारसंग धेरै अपेक्षा राख्नु नै मुर्खता हुने छ । कामकाजका लागि अन्यौलता छ, संघिय सरकारबाट धेरै अधिकारहरु प्रदेशमा आउन सकेको छैन । यसका अतिरिक्त एउटा कुरा हल्ला फैलाइएको छ राजपा फोरम गठबन्धन रहँदैन त्यस्तो छैन । यो गठबन्धन रहिरहन्छ । मधेशको माँग पनि यो गठबन्धनले पूरा गराउन अगाडी बढ्ने छ ।

About Sujeet Jha

Check Also

पाग रैलीके शक्ति प्रदर्शन नहि, पहिरन प्रदर्शनक रुपमे लेल जाएः भगवान झा, केन्द्रिय अध्यक्ष मैथिल व्राह्मण महासभा

मैथिल ब्राह्मण महासभा जनकपुरधाममे पाग रैली निकाल्ने छल । देशक १४ जिल्लाक ५ हजारसँ बेसी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com