Home / समाचार / दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता

जनकपुरधाम, जेठ १२ ।
दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती रत्न सम्मानको घोषणा गरिएको छ ।
दूधमती रत्न पत्रकारिता सम्मानबाट नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा र दूधमती रत्न व्यवसायी सम्मानबाट औषधी व्यवसायी एवं जानकी आवासीय माविका संस्थापक प्रमोद कुमार अग्रवाललाई प्रदान गरिने निर्णय गरिएको जानकारी पत्रिकाका सल्लाहकार सम्पादक सोहन ठाकुरले दिएका छन् ।
पत्रकार झा गत २४ वर्षदेखि निरन्तर रुपमा सक्रिय पत्रकारिता गर्दै आएका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका झा नवविचार साप्ताहिक र सन्ध्याकालिन दैनिकका सम्पादक हुन् ।
यसैगरी व्यवसायी अग्रवाल पि मेडिसिन र जानकी आवासीय माविका संचालक रहेका छन् ।अग्रवाल समाजिक कार्यमा पनि सक्रिय रहदै आउनु भएको छ ।
दूधमतीको पहिलो वार्षिकोत्सवमा पत्रकारिता सम्मान पत्रकार जयन्त ठाकुर, व्यवसायी सम्मान सुनचाँदी व्यवसायी बलराम साह र दोस्रो वार्षिकोत्सवमा पत्रकारिता सम्मान पत्रकार ईश्वरचन्द्र झा तथा व्यवसायी सम्मान सुनचाँदी व्यवसायी पवन ठाकुरलाई प्रदान गरिएको थियो । गत वर्षको वार्षिकोत्सवमा व्यवसायी प्रमोद कुमार चौधरी र पत्रकार बटुकनाथ झालाई सम्मानित गरिएको थियो ।

About Sujeet Jha

Check Also

राष्ट्रपति विद्या देवी भण्डारीद्वारा जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा अर्चना

सुजीतकुमार झा जनकपुरधाम राष्ट्रपति विद्या देवी भण्डारीले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com