Home / समाचार / दूधमतीको चौथो वार्षिकोत्सव सम्पन्न, मिडिया विधेयक पत्रकार विरोधी रहेकाले तत्काल सच्चयाउन मांग ।। पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाल सम्मानित

दूधमतीको चौथो वार्षिकोत्सव सम्पन्न, मिडिया विधेयक पत्रकार विरोधी रहेकाले तत्काल सच्चयाउन मांग ।। पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाल सम्मानित

दूधमती समाचारदाता
जनकपुरधाम, ८ असार ।
नेपालमा संघिय सरकार र प्रदेश सरकारले ल्याएको मिडिया विधेयक पत्रकार विरोधी रहेकाले तत्काल सच्चयाउन जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा मांग गरिएको छ । मिडियालाई कमजोर पारेर प्रजातन्त्र सबाल हुननसक्ने उहाँहरुको धारणा रहेको थियो ।


दूधमती साप्ताहिकको चौथौ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रदेश २मा प्रमुख प्रतिपक्षी दलका नेता रामसरोज यादवले विभिन्न स्थानमा सत्ताधारीहरुले गरिरहेको भ्रष्टाचारी पर्दाफास हुनबाट बच्न यसप्रकारको सरकारले विधेयक ल्याएको बताए । काँग्रेस प्रजातन्त्र विरोधी कार्यको सधै विरोध गरिरहने उहाँको कथन थियो ।
प्रदेश २ मा संघिय समाजवादी पार्टीका उपनेता रामअशिष यादवले प्रदेश २ मा मिडिया विधेयक धरफरमा ल्याएको यसको विरोधमा आफू रहेको बताए । मुख्यमन्त्रीपनि पक्षमा नरहेको र चाँडै सुधार गरिने बताए ।
प्रदेश सांसद मञ्जु यादवले पत्रकारलाई कमजोर पारेर देश बनाउन नसकिने बताए । पत्रकारलाई सेन्सरसिप लगाएर नेपाल अवनति तर्फ जाने सचेत गराए ।
समारोहमा प्रमुख अतिथिको आसनवाट प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले प्रजातन्त्रका लागि मिडिया अक्सिनजनको काम गर्ने गरेको बताए । अवाजविहिनका लागि काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।


समारोहमा दूधमती पत्रकारिता सम्मानले नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा र व्यवसायी सम्मानले जनकपुरको प्रमुख निजि विद्यालय जानकी आवसीयका सञ्चालक एव औषधी व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरियो ।
दूधमती साप्ताहिकका सल्लाहकार सम्पादक सोहन ठाकुरको अध्यक्षतामा भएको सो समारोहमा राजनीतिक विशलेषक डा. भोगेन्द्र झा, जिल्ला समन्वय समिति धनुषाका उपसंयोजक दीपक झा, नेपाल पत्रकार महासंघका प्रदेश २ का सचिव किरण कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा, मैथिली विकास कोषका संयोजक जीवनाथ चौधरी, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितप्रसाद साह, सामाजिक कार्यकर्ता प्रमोद चौधरी, राजपाका महासचिव असगर अलि, समाजसेवी अमरचन्द्र अनिल लगायतले बोल्नु भएको थियो ।

About Sujeet Jha

Check Also

राष्ट्रपति विद्या देवी भण्डारीद्वारा जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा अर्चना

सुजीतकुमार झा जनकपुरधाम राष्ट्रपति विद्या देवी भण्डारीले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com