Home / विश्व / जब चकलेटको खोलो बग्दा सडक नै बन्द भयो

जब चकलेटको खोलो बग्दा सडक नै बन्द भयो

सडकमा चकलेटको बाढी आएको सुन्नुभएको छ ? जर्मनीको वेस्टनेन सहरमा हालै यस्तै भएको छ । त्यहाँ झण्डै एक टन चकलेटको लेदो सडकमा पोखिएपछि एक प्रकारको चकलेटी बाढी नै आयो । अनि सडक नै बन्द गर्नुपर्यो ।

सहरमा रहेको एक चकलेट कारखानामा लेदो चकलेटले भरिएको एउटा ट्यांक लिक भयो । जसका कारण एक टनभन्दा धेरै चकलेट सडकमा बग्यो ।

मौसम निकै चिसो थियो । त्यसैले सडकमा पोखिएको चकलेटको लेदो तत्कालै जमेर कडा भयो । सडकको आवागमन नै बन्द गर्नुपर्यो ।

तत्कालै २५ जना फाएरफाइटर बोलाइयो । तातो पानी पम्पको फोहोरा प्रयोग गरी निकै सकसपूर्ण तरिकाले चकलेट सफा गरियो ।

कारखानाका कर्मचारीहरु पनि सडकको चकलेट सफा गर्न खटिए ।

About Sujeet Jha

Check Also

गुगलबाट यसरी प्राप्त गर्न सकिन्छ मोबाइलमा डिलिट भएका नम्बरहरु

एजेन्सी अहिले परिवार तथा मित्रजनहरुमा सम्पर्क स्थापित गर्न तथा जोडिइरहनका लागि स्मार्टफोनले अहम् भूमिका निर्वाह …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com