Home / समाचार / जनकपुरमा सडक विस्तार अभियान, उद्योगपति ओम शर्राफ र पूर्व मेयर बजरंग साहले घर तोड्न किन रोके ?

जनकपुरमा सडक विस्तार अभियान, उद्योगपति ओम शर्राफ र पूर्व मेयर बजरंग साहले घर तोड्न किन रोके ?

दूधमती समाचारदाता
जनकपुरधाम
जनकपुरको पुरानो बजार सोनापट्टीमा सडक विस्तार अभियान प्रभावकारी रुपले अगाडी बढीरहेको बेला दुईजना प्रमुख व्यक्तिले आफ्नो घर तोड्ने कार्य रोकेका छन । महावीर चोकमै रहेको पूर्व मेयर बजरंग प्रसाद साह र उद्योगपति ओम प्रकाश शर्राफले घर तोड्ने कार्य शुरु गरेका थिए । शर्राफले आफ्नो घरको छज्जीको केही भाग तोडि पनि सकेका थिए । तर उहाँले आकस्मिक ढंगले घर तोड्ने कार्य रोकेका छन ।
यही स्थिति पूर्व मेयर साहको पनि रहेको छ ।

साहले आफनो घर तोड्न बाँसहरु पनि गाडि सकेका थिए । तर शर्राफले कार्य रोकेपछि मेयर साहले बाँसहरु हटाएका छन । केहीले साहले बाँस हटाएपछि शर्राफले घर तोड्ने कार्य रोकेको बताई रहेका छन । तर कसले पहिला कार्य रोके त्यसको चर्चा महावीर चोकमा निक्कै जोडका साथ चलि रहेको छ ।
पुरानो बजारमा सडक विस्तारको कार्यलाई रोक्न केही व्यक्ति लाग्दा पनि अधिकांश व्यक्ति घर तोडेर सहयोग गरि रहेका छन ।
महावीर युवा कमिटीका पूर्व अध्यक्ष प्रमोद कुमार साहले केहीले आफ्ना घर तोड्ने केहीले नतोड्ने यो राम्रो भएन नगरपालिकाले गम्भिरता देखाउनु पर्ने बताउनु भयो । उहाँले यस सम्बन्धमा जनकपुर उपमहानगरपालिकाका उपमेयर रीताकुमारी मिश्रलाई टेलिफोन गरेर सडक विस्तार कार्य किन प्रभावकारी भई रहेको छैन प्रश्न समेत गरेका छन ।

About Sujeet Jha

Check Also

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १२ । दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com