Home / समाचार / उपेन्द्र यादवको राजपा नेता वृषेशचन्द्र लालद्वारा विरोध, राजपाको निर्णयको विषयमा बोल्ने अधिकार अन्य कुनै नेताको नरहेको

उपेन्द्र यादवको राजपा नेता वृषेशचन्द्र लालद्वारा विरोध, राजपाको निर्णयको विषयमा बोल्ने अधिकार अन्य कुनै नेताको नरहेको

जयन्त ठाकुर ।
जनकपुरधाम, जेठ ७ ।
राजपाका बरिष्ठ नेता बृषेशचन्द्र लालले राजपाको निर्णयको विषयमा बोल्ने अधिकार अन्य कुनै नेताको नरहेको बताउनु भएको छ ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपालाई चुनावमा सहभागी हुनका लागि गरेको आग्रह तर्फ इंगित गर्दै लालले राजपा आफ्नो निर्णय आफै गर्न सक्षम रहेको उल्लेख गर्नुभयो ।
जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले राजपा संविधान संशोधन बिना निर्वाचनमा सहभागी नहुने निर्णय गरिसकेकोले अहिले पनि निर्वाचनमा सहभागी नहुने अडानमा कायम रहेको दावी गर्नुभयो ।
पत्रकारहरु संगको कुरामा प्रधानमन्त्री प्रचण्ड बिरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै भन्नुभयो अहिले हुन लागेको निर्वाचन लोकतन्त्रको लागि नभएर अमान्य संविधानलाई बैधता दिलाउनका लागी भईरहेको आरोप लगाउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो के मधेशी जनता लोक होइनन् यदि छन भने कसरी यो लोकतन्त्रका लागि चुनाव हुन सक्छ । यो संविधान खसवादी शासकको बर्चस्वता लाई कायम राख्न, खसवादीहरुले जबर्दस्ती लादेको संविधानलाई बैधता दिन मात्रै हुन गई रहेकोले मधेशी जनतालाई जागृत भएर बस्न आग्रह गर्नुभयो ।

About Sujeet Jha

Check Also

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १२ । दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com